Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीले ढले–ढले गीत सम्झदै भनेः सरकार मरिगए ढल्दैन, अर्काको पार्टी फुटाउन लागिदैन 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै राजनीतिक दललाई फुटाउनेृ गरी अध्यादेश या कानुन ल्याउने हल्लाका पछि नलाग्न आग्रह गरको छन् । 

उनले २०८४ सालसम्म सरकार ढल्ने विषयमा कल्पना समेत नगर्न आग्रह गरेका छन् । मत ढले ढले भन्ने गीत स्मरण गर्दै ओलीले भने ‘ यो गीतले भनेजस्तै चौतर्फी गीत गाइएको छ, ढुक्क हुनुहोस २०८४ सालसम्म सरकार ढल्दैन । यस्ता बेमौसमी गीत नगाउनू ।’

उनले सरकार ढाल्ने र पार्टी फुटाउने विषयमा सोच्नुभन्दा दैलेखबाट अब कसरी तेल निकालिएला भन्नेजस्ता विषयमा गफ गर्न आग्रह गरे । 

उनले सरकारले ल्याएको विधेयक ९० दिनभित्र पनि संसदले पारित नगरेमा सरकारले बैकल्पिक बाटो अपनाउने उनको भनाइ छ । उनले सरकारले ल्याएको अध्यादेशसमेत ३० दिनभित्रमा पारित गरिसक्नुपर्ने बताए ।  

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update