-1721552674.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले कानुन बनाउने कार्यलाई तिव्रता दिनुपर्ने बताएका छन् ।
उनले आजदेखि सुरु भएको हिउदे अधिवेशनलाई सम्बोधन गर्दै विधेयक र अध्यादेश पारित हुनुपर्ने समयसीमा नै तोकिदिएका हुन् ।
उनले संसदमा दर्ता भएको विधेयक ९० दिनभित्रमा र अध्यादेश ३० दिनभित्रमा पारित गरिदिन संसदलाई आग्रह गरे । सो समयभित्र पारित भएर ऐन नआए सरकारले विकल्प सोच्ने पनि उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १४:२४
प्रतिक्रिया दिनुहोस्