-1722937657.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ११ को संयोजनमा थापाथलीस्थित वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानको ६१२औँ हप्ताको सफाइ कार्यक्रम वडा नं ११ को संयोजनमा गरिएको हो ।
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने मूल नाराका साथ भएको सफाइबाट नकुहिने एक दशमलव पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । विसं २०७९ जेठ ५ गतेदेखि प्रत्येक साताको शनिबार वाग्मती सफाइ महाअभियान सञ्चालन हुँदै आएको छ ।
वाग्मती सफाइ महाअभियानको कार्यक्रममा कामनपा–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा सदस्य दीपेश राउत, आशा श्रेष्ठ, यसोमती यशु, जीवन विज्ञान, ब्रह्मकुमारी राजयोग केन्द्र थापाथलीका दिदिबहिनीलगायतको उपस्थितिमा सफाइ भएको छ ।