Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमबारे यस्तो छ विभागको भविष्यवाणी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा ने हुस्सु र कुहिरो लागेको छ ।

राति र दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम भने सामान्य रहने विभागको भनाइ छ ।

विशेष गरी बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update