Odapalika - The Fourth Estate - चौथो अंग
कुम्भमेलाबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ जना नेपालीको मृत्यु 

काठमाडौँ । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको स्कारपियो गाडी दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । 

शनिबार महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

गाडमा सवार सवैजना जनकपुरका स्थायी बासिन्दा हुन् । भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update