Odapalika - The Fourth Estate - चौथो अंग
पाथीभरा केवुलकार विवाद निरुपणको जिम्मा संघीय मामिला मन्त्रालयलाई 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाथीभरा मन्दिरमा केवलकार निर्माण गर्ने सम्वन्धी विवादमा सहजीकरण गरी निकास निकाल्ने जिम्मा पाएको छ । 

गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृहले सामान्य प्रशासनलाई आग्रह गरेको छ ।

केही दिनयता केवलकार निर्माणको विषय पेचिलो बन्दै छ । केवलकारको विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरी दमन भएपछि स्थानीयहरु आन्दोलित छन् । 


 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update