Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी ठगी अभियोगमा म्याग्दी जिसस प्रमुख पक्राउ 

काठमाडौँ । सहकारी ठगी मुद्दामा म्याग्दीका जिल्ला समन्वय समिति प्रमृुख राजकुमार थापा पक्राउ परेका छन् । 

उनीसहितको समूहले कुमारी सहकारीको डेढ अर्ब रुपैयाँ बढी रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् । योबाहेक पक्राउबारे प्रहरीले थप केही बताएको छैन ।   सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले तयार पारेको एक वर्ष भएको थियो ।

सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रहरकिो भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update