Odapalika - The Fourth Estate - चौथो अंग
रोपाइँको निम्तो दिन बेनी नगरपालिकामा गोरु नाच, सहभागी नभए जरिमाना ! 

म्याग्दी ।  म्याग्दीको सदरमुकामसेत रहेको बेनी नगरपालिकाको बेनी बजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बेनी बजारमा हुने रोपाइँ नाचको निम्तो गर्न मुखियाहरुले बिहीबारबाटे बजार क्षेत्रमा गोरु नाच देखाएका छन् । 

नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खे नाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् । बर्खे नाचअन्तर्गत आज हुने रोपाइँ नाचमा सहभागी हुनका लागि गोरुसहित मुखिया बजार परिक्रमा गर्छन् । मुखियाले क्याप्टेनको खेत रोपाइँमा सहभागी हुन रोपाहारलाई आग्रह गर्ने चलन छ ।

रोपाइँ नाचमा खेत रोपाइँ गर्न गोरु, बाउसे र हली तयारी अवस्थामा रहेको र रोपाहारलाई सहभागी हुनका लागि मुखियाले बजार परिक्रमा गरेर जानकारी गराउने चलन रहेको ल्याम्हः पूचःका सदस्य सज्जन श्रेष्ठ कताउँछन् । 

गोरुसहित मुखिया बजारको चोक–चोकबाट टोलवासीलाई रोपाइँमा सहभागी हुन सूचना गर्छन् भने सहभागी नहुनेलाई जरिमााना गर्ने आदेश हुन्छ ।

हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर हरितालिका तीज पर्वसम्म देखाइने बर्खेनाचअन्तर्गत बेनी बजारमा लाखेनाच, घोडानाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरुनाच देखाइएको छ भने रोपाइँ नाच र धानको बाला नाच देखाउने तयारी गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update