
काठमाडौँ । बसन्त पञ्चमीकै दिनबाट नेपालको मौसमी प्रणालमिा उल्लेख्य सुधार आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन । देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।
तराईका धेरै स्थानमा हुस्सुर कुहिरो लाग्ने छ, भने दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानमा लाग्ने हुस्सु मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानमा लाग्ने हुस्सु मध्याह्न सम्ममा सुधार हुने सम्भावना छ ।