Odapalika - The Fourth Estate - चौथो अंग
अब एकैखाले पोशाक लगाउनेछन् पौवादुङमा गाउँपालिकाका विद्यार्थी 

काठमाडौँ । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । विद्यालयबीच पोषाकमा एकरुपता ल्याउन विद्यार्थीलाई ट्रयाक सुट) वितरण गरिएको पालिकाले जनाएको छ । 

पौवादुङमा– ५ सानोदुम्माका ६ वटा विद्यालयका ४४४ जना विद्यार्थीलाई पोसाक वितरण गर्ने कार्यक्रम छ । सानोदुम्मा माध्यमिक विद्यालयमा १७९ थान र जाल्पा प्राथमिक विद्यालयमा १९ थान पोसाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । पोसाक आइसकेकाले माघ २३ गतेभित्र वडाका सबै विद्यालयमा वितरण गरिसक्ने वडाध्यक्ष बोमप्रसाद राईले बताए ।

महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, पूर्व क्षितिज प्राथमिक विद्यालय र सुन्दरज्योति प्राथमिक विद्यालयमा दुई दिनभित्र वितरण भइसक्ने उहाँको भनाइ छ । वडाले रु चार लाख बजेट विनियोजन गरेर पोसाक वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए ।  

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले यहाँको आवश्यकताको आधारमा काम अघि बढाएको उपाध्यक्ष ज्योत्सना राईले बताउँछिन् । गाउँपालिकाभित्रका सबै ३२ नै विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update