Odapalika - The Fourth Estate - चौथो अंग
६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?  

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलिदेखि मधेश प्रदेशका ४ जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि २ दिने कार्यशालाको आयोजना गरेको छ । 

बीरजञ्जमा आयोजना गरिने यो कार्यशालामा मधेश प्रदेशका सर्लाही, बारा, पर्सा र रौतहटका प्रमुख प्रशासकीय अधिकृत सहभागी हुदैछन् भने संघीय मामिला मन्त्री राजकुमार गुप्ता र सचिवसमेत सहभागी हुने्छन् । 

कार्यक्रममा गत आर्थिक वर्षमा स्थानीय तहहरुले सम्पन्न गरेका कार्यहरुको समीक्षा, असल अभ्यासको अनुभव तथा सिकाइ आदानप्रदानको कार्यतालिका छ । 

मन्त्रालयले खान र बस्नको व्यवस्था गरेर बोलाएको यो कार्यशालामा मन्त्री र सचिवले दिनभर बसेर प्रमुख प्रशासकीय अधिकृतको कुरा सुन्ने र असल अभ्यासका विषयमा छलफलसमेत गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update