Odapalika - The Fourth Estate - चौथो अंग
३ मिनी संसदको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

काठमाडौँ । संघीय संसदका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा पत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरुसँग छलफल गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने तयारी छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update