Odapalika - The Fourth Estate - चौथो अंग
संविधान दिवसबाट भक्तपुर–काठमाडौँ गुड्ने भए द्रुत गतिका बस, धमाधम बन्दै छ लेन

काठमाडौँ । सूर्यविनायक–रत्नपार्क  द्रुत बस सेवा सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालेको डिभिजन प्रमुख नारायण निहुँरेले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको असवसर पारेर ३ असोजदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात ब्यवस्था विभागले काम शुरु गरेको जनाएको छ ।

यातायात ब्यवस्था विभागले बस सेवाका लागि २५ वटा ठुला बसहरु तयारी अबस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । तीन दिनभित्र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ ।

गत सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीलाई  द्रुत  बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । 

यो सेवा गत १ असोजदेखि नै सञ्चालन गर्ने यसअघि तयारी थियो । तर वर्षका कारण  सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन । विहीवार साँझदेखि भने लाइन बनाउन थालिएको छ । 

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग थालेको छ ।  रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ । 

अहिले विहान र साँझ कार्यालयमा यो बस सेवा सञ्चालन हुनेभएको छ ।  विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म बस सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update