Odapalika - The Fourth Estate - चौथो अंग
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा समाजसेवी फुनुरु शेर्पाले वडाबासीलाई डाउन ज्याकेट वितरण गरेका छन् । 

लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध शेर्पाले आफ्नो वडाका नागरिकलाई जाडोको समयमा केही राहत महसुस गराउन डाउन ज्याकेट वितरण गरेका हुन् । 

वडाभित्र रहेका अपांगता भएका व्यक्ति, वृद्धबृद्धा, एकल महिला, विद्यालयका शिक्षक, गुम्बाका लामा गुरु, प्रहरी, वडाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई झण्डै ९ लाख रुपैयाँ बराबरको ३२१ वटा ज्याकेट वितरण गरिएको छ ।

ज्याकेट वितरणका लागि ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्सपिडिसनका डाइरेक्टर, पासांङ छिरी शेर्पाले २ लाख, ओङछु शेर्पा र टानका वरिष्ठ उपाध्यक्ष सोनाम शेर्पाले ५० हजार, खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ का काग्रेस सभापति मिंङ्मा शेर्पाले ५० हजार, समाजसेवी पेमा छेवाङ शेर्पाले ४० हजार, पर्यटन व्यवसायी निमा छिरी शेर्पाले ३० हजार, सोनाम गेल्जेन शेर्पाले २० हजार र ४ नं वडा सभापति पासाडं दावा शेर्पाले १० हजार सहयोग गरेका छन् । बाँकी व्यक्तिगत सहयोगमा फुनुरु शेर्पाले वडाबासीलाई ज्याकेट प्रदान गरेका हुन् ।

जनप्रतिनिधिको रुपमा सक्रिय फुनुरु शेर्पा बेला बेला सामाजिक सेवाका काम निश्वार्थ रुपमा गरिरहन्छन् । यसअघि पनि खुम्बु क्षेत्रमा शेर्पाले थुप्रै सामाजिक कामहरु गरेका छन् । आफु जन्मेको पालिकाभित्र शेर्पाले अस्पताल बनाए जसबाट खुम्बु क्षेत्रका सुत्केरी तथा गर्भवती महिलाले अकालमै ज्यान गुमाउन परेको छैन ।

गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई निशुल्क शिक्षाको व्यवस्था मिलाएका छन् । शेर्पाको सहयोगमा चौरीखर्क माविमा १५५ भन्दा धेरै विद्यार्थीले निशुल्क शिक्षा पाइसकेका छन् । पैँयामै १९ वाटको हाइड्रोपावर बनाएर १३० भन्दा धेरै घरपरिवार लाभान्वित भएका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update