Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँको आकाश धुम्म तर ३ दिन पानी नपर्ने, अन्यत्रको कस्तो छ अवस्था ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अझै ३ दिनसम्म काठमाडौँ उपत्यकामा पानी नपर्ने भविष्यवाणी गरेकोे छ । आकाशमा आंशिक रुपमा बादल भने देखिनेछ । 

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ तर उपत्यकामा भने यसले पानी पार्न नसक्ने देखिएको भिागको भनाइ छ । उसले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम ने सफा छ ।  

आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update