Odapalika - The Fourth Estate - चौथो अंग
फिल्मको पोस्टर टाँसेर फोहोर गराएको भन्दै काठमाडौँ महानगरले तिरायो ५० हजार जरिमाना

काठमाडौँ । फिल्मको पोस्टर टासेर फोहोर गराएको भन्दै काठमाडौँ महानगरपालिकाले एक फिल्म निर्माता कम्पनीलाई ५० हजार रुपैयाँ जरिमाना तिराएको छ ।

महानगरले काठमाडौँको वडा नम्बर २९ मा रहेको नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई जरिमाना तिराएको हो ।

‘फिल्मको पोस्टर टाँसी दृश्य प्रदुषण तथा फोहरमैला गरेबापत जरिवाना’ महानगरको तिराएको जरिमानाको रसिदमा कैफियतमा लेखिएको छ ।

postar tasnelai jaribana1689678749.jpg

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update