Odapalika - The Fourth Estate - चौथो अंग
३ असोजदेखि विद्यालय बन्द गरेर सडकमा उत्रने शिक्षकहरुको चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सडक आन्दोलनको घोषणा गरेको छ । 

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामी ३ असोजदेखि देशभरका विद्यालय बन्द गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको हो । 

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेका छन् । 

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायत विषयमा सम्बोधन गर्न नसकेको महासंघको अरोप छ । 

त्यस्तै, संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले आफूहरु बाध्य भएर ३ असोजदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा जान लागेको बताए ।

विद्यालय बन्द हुन हुँदैन, विद्यार्थीको पढाइमा कुनै किसिमको असर पर्न हुँदैन भन्ने हेक्का हुँदाहुँदै पनि बालबालिकाको भविष्य बनाउने कुरामा जोडिएका शिक्षकहरुमाथि विधेयकले विभेद गरेको उनको आरोप छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update