Odapalika - The Fourth Estate - चौथो अंग
पश्चिमी वायु छ तर छैन पानी 

काठमाडौँ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव भए पनि पानी पर्ने सम्भावना नरहेकये बताएको छ । 

कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको उसले भनेको छ । विभागका अनुसार तराईकय कतिपय स्थानमा भने हुस्सु लागेको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा शुक्रबार बिहान तराई भेगमा हुस्सु लाग्ने जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा प्रभाव पर्नसक्ने भएकाले जोगिन अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update