
काठमाडौँ । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आजे ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
आज बिहान बिहान ८ः ४५ मा सेन्टरको भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए ।
उनका अनुसार अन्य घाइतेको पनि सोही अस्पतालमा उपचार जारी छ । ग्याँस सिलिन्डर पड्किएको के कारण भन्ने अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १०:०२
प्रतिक्रिया दिनुहोस्