
काठमाडौं । गृहमन्त्रालयले विभुषण सिफारिस गर्ने समय ७ दिन थप गरेको छ । माघ २३ गते मन्त्रालयले ७ दिन म्याद थप गर्ने निर्णय सार्वजनिक गरेको हो ।
मन्त्रालयले माघ २२ गते कार्यविधिका केही प्रावधान संशोधन गर्दै ७ दिन म्याद थप गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । यसअघि मन्त्रालयले सार्वजनिक गरेको सुचना अनुसार अन्तिम म्याद माघ २३ गतेसम्म थियो । नयाँ सुचना अनुसार माघ ३० गतेसम्म यस्तो सिफारिस गर्न सकिने भएको छ ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने महानुभावहरुलाई विभुषण प्रदान गर्न सरकारले देशव्यापी सिफारिस मागेको हो । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्रदेश सरकारका कार्यालयहरुमा प्रमाणसहित यस्तो सिफारिस गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।