
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ वटा स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ । यो निर्णयसँगै अब उनीहरुले आर्थिक तथा प्रशासनिक जिम्मेवारी पाउने छैनन् ।
निमित्तलाई जिम्मेवारी नदिने रणनीति अनुसार पछिल्ला दिन मन्त्रालयले धमाधम जिम्ेमवारी खोस्दैछ । शुक्रवार भने स्थानीय तहमा वरिष्ठ कर्मचारी हुदाँहुँदै पनि कनिष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशाकसीय अधिकृतको जिम्मेवारी दिइएका १६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयको भनाइ छ ।
कानूनविपरीत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएका नेपाल स्वास्थ्य सेवा, शिक्षा सेवा तथा स्थानीय प्रशासन सेवाका कनिष्ठ अधिकृतको जिम्मेवारीसमेत खोसिएको मन्त्रालयले जनाएको छ ।
यसअघि पनि मन्त्रालयले १० नगरपालिका र १३ गाउँपालिकामा कनिष्ठ भएर पनि निमित्तप्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको थियो ।
यी हुन् जिम्मेवारी खोसिएका अधिकृत