Odapalika - The Fourth Estate - चौथो अंग
बाल अधिकार सुनिश्चित गर्न काम गरौं : उपप्रमुख डंगोल 

काठमाडौँ । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि धेरै काम गर्न आवश्यक भएको बताएकी छन् । 

महानगरपालिकाद्वारा आयोजित बाल दिवस विशेष कार्यक्रममा उनले यसका लागि सरकारी र संघ संस्थाले उत्तिकै जिम्मेवार भएर काम गर्नु पर्ने बताइन् । 

‘बाल दिवसको कुरा गरिरहँदा बालबालिकाको हक अधिकारको कुराहरु गर्छौ’ उपप्रमुख डंगोलले भनिन्, ‘बालबालिकाले आनन्दले बस्न र बाच्न पाउने अधिकार सुनिश्चित गर्ने, गाँस, बास कपास र शिक्षालगायत अधिकारहरुको सुनिश्चित गर्नुपर्छ । यसका लागि सरकारी र संघ संस्थाको तरवरबाट काम गर्नु पर्छ ।’

इतिहासलाई खोतल्दै जाने हो भने बाल अधिकारका लागि धेरै अघिदेखि संघर्ष गर्दै आएको उनको भनाइ छ । उनले बालबालिकाहरुले पनि अधिकार र कर्तव्यलाई सँगसँगै लानुुपर्ने बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update