
काठमाडौँ । नेपालको मनसुन प्रणालीमा पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिनभर अन्य स्थानको मोसम सफा नै रहनेछ । तराईका थोरै स्थानहरूमा विहानैबाट हल्का हुस्सु तथा कुहिरो भने लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ
। अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि यही सिलसिला जारी रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरूमा हुस्सु लाग्ने सम्भावना छ ।
काठमाडौं उपत्यकामा हाल मौसम सफा रहेको छ । बिहानको समयमा हल्का हुस्सु देखिए पनि दिउँसो घाम लाग्नेछ । आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । राति तापक्रम घटेर ७ डिग्री सेल्सियससम्म पुग्न सक्छ ।