Odapalika - The Fourth Estate - चौथो अंग
सेतीदोभानमा बस दुर्घटना, २८ जना घाइते 

काठमाडौँ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको  लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल रहेकये प्रहरीले बताएको छ । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update