
काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नभएका कारण कार्यसम्पादनमा असर परेको भन्दै चितवनको राप्ती नगरपालिकाले संघीय सरकारलाई पत्राचार गरेको छ ।
नगर प्रमुख शमशेर लामाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै तत्काल प्रमुख प्रशासकीय अधिकत उपलव्ध गराइदिन अनुरोध गरेका छन् ।
यसअघि पठाइएका अधिकृतलाई नगरपालिकाले हाजिर नगराएपछि चालु आर्थिक वर्षको सुरुदेखि नै नगरपालिका प्रशासनिक प्रमुखबिहीन छ ।
प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण लामो समयदेखि सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलवदेखि लिएर विकास निर्माणका कामको भुक्तानीसमेत ठप्प छ ।
नगरका सबैखाले गतिविधि ठप्प भएको भन्दै मेयर लामाले तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाइदिनु अनुरोध गरेका हुन् ।