Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँको तीनकुनेमा खुकुरी प्रहार गरी एकै परिवारका ३ सहित ४ जनाको हत्या, १ जना पक्राउ 

काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थिति एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ । हत्या अभियोगमा एकजना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीकाे भनाइ छ ।

हत्या गरिएकामा एकै परिवारका ३ सहित ४ जना छन् । हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल छन् । मोरङका १९ वर्षीय नवीन राईको पनि सोही समिलभित्र हत्या गरिएको छ । 

तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स–मिलमा गए राति १२ बजेतिर उनीहरूको हत्या गरिएको हो । सो समिल नेकपा एमाले दोलखाका नेता बालकृष्ण सिवाकोटीको हो । समिलभित्र चार जनाको हत्या गरी एउटा कुनामा लास थुपारेको अवस्थामा फेला परेको छ । 

हत्या गरिएका भुजेल लामो समयदेखि परिवारसहित सोही स–मिलभित्रै बस्दै आएका थिए । हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेको काठमाडौं प्रहरीले जनाएको छ । घटनाको उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सुरु गरेको छ ।  

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update