
काठमाडौँ । उपसभामुखले विशेष समय सुरु भइसकेपछि कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन् ।
उपसभामुखले शुन्य समय सकेर विशेष समय सुरु भएको घोषणा गरेपछि कांग्रेस सांसद खतिवडाले बोल्न समय मागेका थिए । उपसभामुखले २ मिनेट बोल्न समय दिएपछि रास्वपा सांसद गणेश पराजुलीले उठेर नियमापत्ति गरेपछि हाल बैठक अवरुद्ध छ । विपक्षी दलका संसदहरुले सत्ता पक्षका सांसदहरुले जे पायो त्यही गरेको भन्दै आपत्ति जनाउँदै उठेर बैठक अवरुद्ध गरिरहेका छन् ।
उपसभामुख इन्दिरा रानाले सांसद खतिवडाको अभिव्यक्तिवारे छानविन गनरेर निर्णय लिने बताए पनि सांसदहरुले चित्त बुझाएका छैनन् ।
सभामुख देवराज घिमिरेले उपसभामुखलाई बैठक चलाउन आदेश दिएपछि शुन्य समय उपसभामुखले चलाएकी थिइन् । तर विशेष समय सुरु भएपछि बीचैमा सांसद खतिवडालाई बोल्न दिएपछि उनी विवादमा परेकी हुन् । उनले छानविन गर्न आदेश दिएको बताए पनि अहिले सांसदहरु उठेर विरोध गरिरहेका छन् ।
उनले आफुले नियतवस सांसद खतिवडालाई बोल्न दिएको नभइ झुक्किएको भन्दै संसदमै स्पष्टिकरण दिएकी छन् । तर सांसदहरुले भने उनको जवाफमा चित्त बुझाएका छैनन् ।