
काठमाडौँ । गायिका एलिना चौहानले उनका पतिसँग आजबाट औपचारिक रुपमा सम्बन्ध विच्छेद भएको जानकारी दिएकी छन् ।
सामाजिक सञ्जाल फेसवुकमा भावुक स्टाटस पोष्ट गर्दै उनले विवाहको ९ महिनामै सम्बनध विच्छेद भएको लेखेकी छन् । ९ महिना अघि उनले अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटासँग विवाह गरेकी थिइन् ।
काठमाडौँ जिल्ला अदालतले अंश दाबी नगरेकी एलिना र विष्ण्ुाबीच सम्वनध विच्छेदको कानुनी प्रकृया पुरा गरिदिएको छ
सम्वन्ध बिच्छेदपछि उनले लेखेकी छन्
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आआफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु ।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।