Odapalika - The Fourth Estate - चौथो अंग
१७ जना सहसचिवको सरुवा, २ जना महानिर्देशक र इटहरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हटाइए

काठमाडौँ । सरकारले इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रमुख प्रशासकीय अधिकृत मेहताको सरुवा गरेको हो । उनलाई सरुवा गरेर युवा तथा खेलकुद मन्त्रालय लगिएको छ । 

यस्तै, सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यको सरुवा गरेको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगिएको छ । यस्तै, भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीको पनि सरुवा भएको छ । पुडासैनीलाई राष्ट्रिय योजना आयोग लगिएको छ । 

सरकारले इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा भन्सार र आन्तरिक राजस्व विभागको महानिर्देशक नयाँ लगेको छैन ।

सोमबारको मन्त्रिपरिषद बैठकले १७ जना सहसचिवको सरुवा गरेको छ । त्यसरी सरुवा हुँदा महानिर्देशकद्वय र प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो । विभागका महानिर्देशक र उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने व्यवस्था छ । 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update