Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः लुम्बिनीमा हावाहुरी चल्दा गण्डकी र सुदूरपश्चिममा पानी

काठमाडौँ । नेपालमा भारतको दक्षिण–पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको सम्भावना पनि रहेको छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलगायत अन्य प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, बागमती, गण्डकी र मधेश प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update