Odapalika - The Fourth Estate - चौथो अंग
मौसम अपडेटः कुन प्रदेशको कस्तो छ अवस्था ? 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसमी प्रणाल्ीमा परेको छ । 

यही प्रणालीका करण कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली  छ भने अन्य स्थानको मौसम भने सफा छ । मध्य र पूर्वी तराईका केही भागमा हुस्सु भने लागेको छ । 

दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update