Odapalika - The Fourth Estate - चौथो अंग
सडक सञ्जालमा जोडिए तातोपानी गाउँपालिकाका सबै वडा

काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका गरी ३६ गाउँबस्ती सडक सञ्जालसँग जोडिएका छन् ।

सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मङ्गलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले उद्घाटन गरेका छन् ।

तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् । सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन भएका छन् । 

सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ । नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा रु एक करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ । 

उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब  २० मिनेटमा पूरा हुने बताए । आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मङ्गलबार नाचगान गरेर खुसीयाली मनाएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update