Odapalika - The Fourth Estate - चौथो अंग
बेलवारी सरकारले खोस्यो अधिकृतको जिम्मेवारी, घाम ताप्नुपरेपछि १३ फागुनसम्म बिदा

काठमाडाैँ । नगर कार्यपालिकाको बैठकको निर्णय भन्दै बेलबारी नगरपालिकाका मेयरले एकजना शाखा अधिकृतलाई जिमेवारी मुक्तको पत्र थमाएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवस (२८ माघ)कै दिन अख्तियारमा उजुरी गरेको (कार्यालयको गोपनियता भंग गरेको) अभियोगमा कार्यपालिकाको बहुमत सदस्यको निर्णयको हवला दिएर योजना तथा सामान्य प्रशासन शाखाका आठौ तहका अधिकृत महेन्द्र खड्काको जिम्मेवारी खोसिएको हो । 

प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले उनलाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरे । कार्यपालिका बैठकले कार्यालयको गोपनियता भंग भएको अभियोग लगाएर उनलाई जिम्मेवारीबाट मुक्त गरेको उनको भनाइ छ । 

‘जागिर खाएको होइन, उहाँलाई दिएको जिम्मेवारीबाट हटाउने भन्ने निर्णय भए बमोजिम उहालाई दिइएको जिममेवारी मात्र खोसिउको हो,’ प्रमुख प्रशासकीय अधिकृत ढकालले भने । 

जिम्मेवारीमुक्त गरिएका अधिकृतले आजबाट लागुहुनेगरी १३ मंसिरसम्म विदा लेखेका छन् । जिम्मेवारीमुक्त गरिएका खड्का नगरपालिकाका सूचना अधिकारीसमेत हुन् । उनी पुराना र अनुभवी कर्मचारी पनि हुन् । 

बहुमत कार्यपालिका असन्तुष्ट भएर हटाइएको बताएपनि उपमेयर नितु थापा कोइरालालगायतका जनप्रतिनिधि भने कार्यपालिकाको निर्णयमा असन्तुष्ट छन् । खड्काले कार्यपालिकाविरुद्ध अख्तियारमा उजुरी गरेको अभियोग छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update