Odapalika - The Fourth Estate - चौथो अंग
तीनकुने हत्याकाण्डः हत्याको खबर गर्न पुगेका राई प्रहरी नियन्त्रणमा, एमाले नेताले चलाउँथे काठ मिल 

काठमाडौँ । काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थित एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ । हत्या अभियोगमा एकजना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीको भनाइ छ ।

ती शंकास्पद व्यक्ति ट्याक्सी चढेर हत्याको खबर गर्न तीनकुनेस्थित प्रहरी कार्यालय पुगेको प्रहरीको भनाइ छ । 

हत्या गरिएकामा एकै परिवारका ३ सहित ४ जना छन् । हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल छन् । मोरङका १९ वर्षीय नवीन राईको पनि सोही स मिलभित्र हत्या गरिएको छ । 

हत्या भएको खबर गर्न प्रहरी कार्यालय पुगेका दिपेन्द्र राईका वुवाले भने सो काठमिलमा केही अघि काम छाडेको बताइएको छ । प्रहरीले हत्यामा राईकै संलग्नता रहेको आशंका गरेको छ । 

तीनकुनेमा संचालित सो काठमिल भने एएमालेका दोलखाका नेता तथा व्यवसायी वालकृष्ण सिवोकाटीको भएको बताइएको छ । 

उनी गएको आम निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका नेता हुन् । राजनीति सँगै उनको विभिन्न व्यापार व्यवसायमा लगानी छ । 

समिलभित्र ४ जनाको हत्या गरी एउटा कुनामा लास थुपारेको अवस्थामा फेला परेको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update