Odapalika - The Fourth Estate - चौथो अंग
आज पानी पर्दैन, शुक्रवारबारे मौसमविद्को यस्तो छ भनाइ 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताएको छ । 

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहदा आज पनि  मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । 

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शुक्रबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update