
काठमाडौँ । उपसचिवमा बढुवा भएसँगै ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य सो गाउँपालिकाबाट बिदा भएका छन् ।
१० भदौ २०८० मा कोन्ज्योसोम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालेका आचार्यको आजबाट कोन्ज्योसोमको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सकिएको छ ।
कार्यभार सकिएका अधिकृत आचार्यले गाउँपालिका अध्यक्ष कृष्णमान लामालाई आफुले जिम्मेवारीमा रहदा सम्पादन गरेका कामको फेहरिस्त बुझाएका छन् ।
स्थानीय तहको प्रशासनिक नेतृत्व सम्हालेर बिदा हुँदैगर्दा आफुले गरेका काम जनप्रतिनिधिलाई स्मरण गराइदिने र सार्वजनिक समेत गरिदिने आचार्य सम्भवतः पहिलो प्रमुख प्रशासकीय अधिकृत समेत बनेका छन् ।
गाउँपालिका अध्यक्ष लामाले आचार्यले प्रमुख प्रशासकीय अधिकृतका रुपमा पालिकाका कामलाई कम्प्युटरकृत गर्न पालिकाका बैठक तथा कानुनहरुलाई व्यवस्थित रुपमा अभिलेखिकरण गर्नदेखि लिएर प्रशासनिक कामलाई व्यवस्थित गर्नमा महत्वपूर्ण योगदान दिएको बताए ।
लामाका अनुसार अधिकृत आचार्यले बिदा हुँदै गर्दा आफुले सम्पादन गरेका कामको बुँदागत विवरणसमेत पालिका प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरेका छन् ।
बिदा हुँदै गरेका आचार्यले पालिकाको नेतृत्वको सहयोगका कारण प्रशासनिक नेतृत्वका रुपमा निकै महत्वपूर्ण काम गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।
पालिकाले दिएको जानकारी अनुसार आचार्यले १८ महिना पदमा रहदा गरेका महत्वपूर्ण कामहरुको फेहरिस्त यस्तो छ ।