
काठमाडौँ । संघीय सरकारले ४ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको गरेको छ ।
२५ जना अधिकृतहरुको सरुवा गर्दै संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालयले ४ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो । यी स्थानीय तहमा लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम गर्दै आएका थिए ।
हुम्लाको अदानचुली गाउँपालिकामा ताम्रराज काफ्ले प्रमुख प्रशासकीय अधिकृत भएका छन् भने हुम्लाकै सर्केगाड गाउँपालिकामा दिलिप खड्काले जिम्मेवारी पाएका छन् । यसअघि यी दुबै परराष्ट्र मन्त्रालयमा कार्यरत थिए ।
हुम्लाकै सिमकोट गाउँपालिकामा परराष्ट्र मन्त्रालयमै कार्यरत गोबिन्द प्रसाद आचार्यलाई जिम्मेवारी दिइएको छ भने दोलखाको बिगु गाउँपालिकामा सोही मन्त्रालयमै कार्यरत आविद अन्सारीलाई पठाइएको छ । परराष्ट्रमै कार्यरत जमुना काफ्लेलाई भने जिल्ला समन्वय समिति रामेछापमा सरुवा गरिएको छ ।
हेर्नुहोस् को कहाँ सरुवा भए ?