
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ५० जना उपसचिवहरुको सरुवा गरेको छ । ५० जना उपसचिवको सरुवा हुँदा ९ जनाले स्थानीय तह ( नगरपालिकाका)को प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
बैतडीको पाटन नगरपालिकामा कार्यरत अम्मरराज जोशीको बुढीगंगा नगरपालिकामा सरुवा भएको छ भने ?म रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत टिकामणि नेउपानेले तेह्रथुमको म्याङलुङ नगरपाकिलकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत कला कुमारी गैह्रेलाई भरतपुर महानगरपालिका चितवनमा सरुवा गरिएको छ भने पनौती नगरपालिकामा कार्यरत रामप्रसाद आचार्यलाई दक्षिणकाली नगरपालिकामा पठाइएको छ ।
उता गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा भने पनौती नगरपालिकामा पुगेका छन् । गल्याङ नगरपालिकामा भने बेलका नगरपालिकामा कार्यरत पुरुषोत्तम घिमिरेलाई सरुवा गरिएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीलाई भने उदयपुरको बेलका नगरपालिकामा पठाइएको छ ।
पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोल सार्वजनिक खरिद अनुगमन कार्यलयमा आएका छन् भने गौरादह नगरपालिकाका हाकिम युवराज खतिवडा लगानी वोर्डमा सरुवा भएका छन् ।
विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आइपुगेका छन् भने माइ नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मा मध्यपुर थिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । उता संघीय मामिला मन्त्रालयमा कार्यरत उपसचिव भुवनेश्वर लामिछाने भने चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् ।
हेर्नुहोस् कसको सरुवा कहाँ ?