Odapalika - The Fourth Estate - चौथो अंग
संस्थागत क्षमता स्वमूल्यांकनमा रावाबेसी गाउँपालिकाले गर्यो उत्कृष्ट दाबी, कुन पालिकाले आफुलाई कति दिए नम्बर ? 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा खोटाङको रावाबेसी गाउँपालिका सर्वोत्कृष्ट बनेको छ । 

१०० अंकभारमा मूल्यांकन गरिने लिजामा यो पालिकाले आफुलाई ९९.७५ नम्बर दिएको छ । यस वर्ष पनि लिजामा मधेश प्रदेश सबैभन्दा खस्किएको देखिएको छ। नगरपालिका भन्दा गाउँपालिकाहरुले लिजामा बढी नम्बर ल्याएको देखिएको छ । 

विभिन्न ११ वटा सूचकलाई आधार मानेर स्थानीय तहहरुले आफैँले आफुलाई मूल्यांकन गरेर नम्बर दिइने प्रणाली लिजा हो । 

स्थानीय तह आफैँले आफैँलाई दिएको नम्बरलाई  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विज्ञ टोलीले गुणस्तर परीक्षण (क्युएए) गरेर पछि अन्तिम नतिजा प्रकाशन हुन्छ । यसकारण हाल स्थानीय तहले आफ्ना वेवसाइटमार्फत सार्वजनिक गरेर लिजाको अनलाइन प्रणालीमा समावेश गरेको नतिजा भने अन्तिम होइन । 

स्थानीय तहहरुले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले गुणस्तर परीक्षण गरेपछि अन्तिम नतिजा सार्वजनिक हुन्छ  ।

स्थानीय तहहरुको कार्यप्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ ।

यस्तो मूल्यांकनको पुछारमा भने पर्साको बिन्दवासिनी गाउँपालिका छ । जसले २८.५ अंकमात्र पाएको छ । 

कार्यसम्पादन मूल्यांकनमा निकै पछि रहेको सिरहाको औरही गाउँपालिकाले भने लिजामा आफुलाई दोस्रो नम्बरमा दाबी गरेको छ । उसले आफुले आफैँलाई ९९.२५ अंक दिएको छ । 

सबैभन्दा बढी र कम दाबी गर्ने पालिका 

बढी अंक दाबी गर्ने 

रावाबेसी गाउँपालिका खोटाङ  ९९.७५

औरही गाउँपालिका सिरहा ९९.२५

रत्ननगर नगरपालिका चितवन ९९.२५
सबैला नगरपालिका धनुषा ९९
इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक ९९
खैरहनी नगरपालिका चितवन ९९
त्रिवेणी नलगाढ नगरपालिका जाजरकोट ९८.७५
मिर्चैया नगरपालिका, सिरहा ९८.५
लक्ष्मीनिया गउँपालिका धनुषा ९८.५
तारकेश्वर नगरपालिका काठमाडौँ  ९८.५
निलकण्ठ नगरपालिका धादिङ ९८.५
सन्दकपुर गाउँपालिका इलाम ९८
अर्जुनचौपारी गाउँपालिका स्याङजा ९८
अजयमेरु गाउँपालिका डडेलधुरा ९८

सबैभन्दा कम अंक दाबी गर्ने 
बिन्दबासिनी गाउँपालिका पर्सा २८.५
बहोदरमाइ नगरपालिका पर्सा ३२.७५
विष्णुपुर गाउँपालिका सप्तरी ४०.७५
धाविनी गाउँपालिका पर्सा ४४.२५
विष्णुपुर गाउँपालिका सिरहा ४४.७५
पकाहा मैनपुर गाउँपालिका पर्सा ४६.७५
फतुवा बिजयपुर नगरपालिका रौतहट ४६.७५
कालिकामाइ गाउँपालिका पर्सा ४८
रुपनी गाउँपालिका सप्तरी ४८.२५
ढकारी गाउँपालिका अछाम ४८.७५
मेल्लेख गाउँपालिका अछाम ४९
सोनामा गाउँपालिका महोत्तरी ४९.७५

लिजाले रावाबेसी गाउँपालिकालाइ लामिडाडा गाउँपालिका भनेर उल्लेख गरेका कारण हामीले पनि साेही अनुसार समाचार तयार पारेकाेमा हाल साे पालिकाकाे नाम परिवरतन भइ रावाबेसी गाउँपालिका भइसकेकाले सच्याएका छाैँ: सम्पादक

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update