Odapalika - The Fourth Estate - चौथो अंग
अधिकृत र सचिव कुट्ने वडाध्यक्षमाथि संसदमा उठ्यो प्रश्न

काठमाडौँ । राष्ट्रिय सभाका सदस्यले बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष र रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्षलाई कारवाही गर्न माग गरेका छन् । 

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले वडासचिवको घाँटी न्याक्दै कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेका थिए । 

उनले रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडाअध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई कुटपिट गरेको भन्दै उनलाई समेत कारवाही गर्न माग गरेका छन् । 

‘यो कुटपिटको घोर भत्र्सना गर्दछु । र यी वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गर्दछु ।’ 

सांसदहरुले पछिल्ला दिन जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update