Odapalika - The Fourth Estate - चौथो अंग
भारतीय वायुको प्रभावः नेपालका पहाडी क्षेत्रमा आज पानी पर्ने 

काठमाडौँ । भारतको पूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण कारण हाल सुदूरपश्चिम, कर्णालीलगायतका प्रदेशका पहाडी भू–भागमा सामान्य पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्यबदली रही सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा अन्य भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका केही स्थानहरूभने मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update