Odapalika - The Fourth Estate - चौथो अंग
नासुको बढुवामा बिभेद, अदालतको फैसला मान्न निजामती कर्मचारी संगठनको माग

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले नायव सुव्वाबाट अधिकृतमा बढुवा हुने कर्मचारीको संख्या निर्धारणमा विभेद गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण गराएको छ । 

संगठनको माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले मंगलबार मन्त्री गुप्तासँग मन्त्रालयमै भेट गरेर कर्मचारकिा समस्या समाधान गर्न ध्यानाकर्षण गराएको हो । 

नवनिर्वाचित अध्यक्ष भवानी दाहालका अनुसार नायव सुव्वाबाट अधिकृतमा वढुवा गर्दा २०७६ सालमा वढी कर्मचारीको बढुवा गरेको कारण देखाउँदै वढुवा रोक्का राखिएका कारण कर्मचार िमर्कामा परेकाले समस्या समाधान गर्न मनत्रीको ध्यानाकर्षण गराइएको हो । 

को हो । विभागीय मन्त्री गुप्तालाई भेट्न संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी र उपलब्ध सदस्यहरु मन्त्रालय पुगेका थिए । कर्मचारीहरुले अन्याय भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले समेत विभेद नगर्न भन्दै फैसला गरिसकेको छ । तर संघीय मामिला मन्त्रालयले वढुवामा अदालतको फैसलाअनुसार सिट संख्या कामय नगरेको भन्दै कर्मचारीले ध्यानाकषर्ण गराएको हुन् । 

भेटमा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई ज्ञापन र कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । नवनिर्वाचित नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्दता मन्त्रीको छ ।

भेटमा निजामती कर्मचारी संगठनकी नवनिर्वाचित अध्यक्ष दाहालले रिक्त रहेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पद सङ्ख्या उच्च अदालत पाटनले गरेको फैसलाबमोजिम ४२६ कायम गरी पुनः विज्ञापनका लागि पहल गरिदिन मन्त्री गुप्तासँग भनेकी हुन् ।

नेपाल निजामती कर्मचारी संगठन नेकपा एमालेसम्बद्ध कर्मचारीहरुको संगठन हो । काठमाडौंमा हालै सम्पन्न १२औँ महाधिवेशनले दाहालको नेतृत्वमा कार्यसमिति निर्वाचित गरेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update