Odapalika - The Fourth Estate - चौथो अंग
जुम्लाका ८ वटा स्थानीय तहका १२ वटा वडा वालविवाह मुक्त घोषणा

जुम्ला । जुम्लाका ८ वटा वटा स्थानीय तहका १२ वटा वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । जुम्लाका ८ स्थानीय तहमा गरी जम्मा ६० वटा वडा छन् ।  

हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा गरिएको हो ।  

स्थानीय तहले प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वोदय नेपाल,किर्डाक, आइएनएफलगायतका गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा ती वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए ।

दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारको लक्ष्यअनुसार मुलुकलाई सन् २०३० सम्ममा बालविवाह मुक्त गर्न ती संस्थासँग सहकार्य भएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update