
काठमाडौं । महाशिवरात्रि नजिकिँदै गर्दा काठमाडौंमा आदियोगी महादेवको रथयात्रा सुरु भएको छ । टोखा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मदन गुरुङले सद्गुरु सन्निधि, बसुन्धरामा ७ फिट अग्लो आदियोगी महादेवको आरती गरेपछि रथ यात्रा सुरु भएको हो ।
सो रथ यात्रा महाशिवरात्रिको अघिल्लो दिनसम्म जारी रहनेछ । हरेक दिन इशा स्वयंसेवक र आदियोगी महादेवका भक्तहरू रथसँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरु पुग्नेछन् जसमा सूर्यबिनायक, डोलेश्वर, चाङ्गुनारायण, भक्तपुर, दक्षिणकाली, पाटन, पशुपतिनाथ, स्वयम्भूनाथलगायत स्थान पर्छन् । आदियोगी महादेव चेन्नईबाट करिब २ हजार ५०० किलोमिटरको यात्रा गरी काठमाडौंँ ल्याइएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १५:०२
प्रतिक्रिया दिनुहोस्