Odapalika - The Fourth Estate - चौथो अंग
२०८२ सालमा कहिले–कहिले छ विवाह र ब्रतबन्ध, पास्नी, घर सर्ने, मुठी लिने, न्वागी खाने र पसल थाप्ने साइत ?

काठमाडौँ । पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति अनुसार २०८२ सालको पात्रो सार्वजनिक भएका छन् । विभिन्न पञ्चाङ्गहरुले पात्रो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको पात्रो अनुसार २०८२ सालमा ब्रतन्धका ८ वटा साइत छन् । बैशाख ५, १९ र २४ गते, फागुन ७, १४ र १५ गते तथा चैत ६ र १५ गते ब्रतन्धको साइत जुरेको छ । 

विवाहको साइत

यस्तै २०८२ सालमा विवाहका लागि ३९ दिन साइत जुरेको छ । पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिमा प्रकाशित पात्रोहरुका अनुसार बैशाख महिनाको १,३,५,७,८,१६,१७,२२,२३,२८,३० र ३१ गते, जेठ महिनामा १,२,३,१४,१८,१९,२४ र २५ गते, मंसिर महिनामा ६,८,१३,१४,१८,१९ र २० गते, माघ महिनामा २१,२२ र २७ गते तथा फागुन महिनामा ८,१२,१३,१४,२५,२६,२७,२८ र ३० गते विवाहको साइत जुरेको छ । 

पास्नीको साइत

यस्तै, बैशाखको १ र १४ गते पास्नीको साइत जुरेको छ । त्यस्तै असार महिनाको २ र १३ गते, साउन महिनाको २६ र २९ गते, भदौ महिनाको २ र ९ गते, असोज महिनाको १६ गते, कात्तिक महिनाको ७,१४,२१ र २४ गते, मंसिर महिनाको ११ गते, पुस महिनाको ७,१७ र २१ गते, माघ महिनाको ७,१४ र २८ गते, फागुन महिनाको १४ गते तथा चैत महिनाको ६ र ११ गते अन्नप्रशान (पास्नी) को साइत जुरेको छ ।

घरको जग राख्ने साइत

नयाँ घर बनाउदै हुनुहुन्छ भने साइत जुरेको दिन जग राख्दा राम्रो हुन्छ भन्ने सनातन मान्यता छ । पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति लिएर प्रकाशन भएका पात्रोहरुमा साउनको २६ गते, कात्तिकको २१ गते, मंसिरको ११,१९ र २० गते तथा फागुनको १४ गते घरको जग राख्ने (गृहारम्भ) को साइत जुरेको छ ।

घर सर्ने साइत

पात्रोमा घर सर्ने साइत ३ दिन परेको छ । माघ १८ गते, फागुन १४ र ३० गते घर सर्ने (गृह प्रवेश) को साइत जुरेको छ ।

मुठ्ठी लिने साइत

नयाँ बालीको भित्र्याउनको लागि मुठ्ठी लिदा पनि साइत जुरेको दिन लिनुपर्छ भन्ने मान्यता छ । पात्रोहरुका अनुसार २०८२ सालमा भदौ १८ गते, असोज १२,१३,१६,२३ र ३१ गते तथा कात्तिक १०,१७,२० र ३० गते मुठ्ठी लिने साइत जुरेको छ ।

न्वागी खाने साइत

नयाँ बालीको अन्न खान सुरु गर्नको लागि पनि साइत जुरेको हुनुपर्छ भन्ने मान्यता छ । यसको लागि मंसिर ११ गते न्वागी खाने साइत जुरेको पात्रोहरुमा उल्लेख छ ।

पसल सुरु गर्ने (दोकान थाप्ने) साइतहरु

२०८२ सालमा पुस महिना बाहेकका सबै महिनामा पसल सुरु गर्ने साइत (दोकान थाप्ने साइत) जुरेको छ । पात्रोहरुका अनुसार बैशाख महिनाको ७,८ र १७ गते, जेठ महिनाको ४,१४ र १७ गते, असार महिनाको २७ र २८ गते, साउन महिनाको ५ र २९ गते, भदौ महिनाको ९ र १५ गते, असोज महिनाको ११,२५ र २६ गते, कात्तिक महिनाको ७,१७,२१,२९ र ३० गते, मंसिर महिनाको १४,१९ र २० गते, माघ महिनाको २४ र २८ गते, फागुन महिनाको १४ र ३० गते तथा चैत महिनाको ६,११,१४,२७ र २८ गते पसल सुरु गर्ने साइत जुरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update