Odapalika - The Fourth Estate - चौथो अंग
आज दिनभरको मौसमबारे यस्तो छ मौसम विभागको भनाइ 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । यो प्रभावका कारण देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ ।

यीबाहका क्षेत्रको मौसम भने सामान्यतय सभफा रहने विभागको भनाई छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।, 

सुदूरपश्चिम, कर्णाली, गण्डकी  र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना  छ।  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै  बाँकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।  कोशी, बागमती  र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update