Odapalika - The Fourth Estate - चौथो अंग
निसीखोला गाउँपालिका ४ दिनदेखि अन्धकारमा, भएको के हो ? 

काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । 

निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन बन्द छ । 

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला गाउँपालिकाअन्तर्गतका बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए ।

१ हजार ३१३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । मेसिन मर्मतका लागि बुटवल पठाइएको र मर्मत भएर आउनेवित्तिकै  विद्युत् आपूर्ति हुने उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update