Odapalika - The Fourth Estate - चौथो अंग
चिकित्सक कुटपिटकाे विराेधमा देशभरका आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

काठमाडौँ । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिएपछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।

संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारी दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालेको हो । 

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संघले ७२ घण्टाको समय दिएपनि दोषी माथि कारबाही नगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो ।

संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update