Odapalika - The Fourth Estate - चौथो अंग
रोटरी काठमाण्डौ हेरिटेज र रोटरी चेन्नई मेराकीबीच भागिनी क्लब सम्झौता 

काठमाडौँ । रोटरी क्लब अफ काठमाण्डौ हेरिटेज र रोटरी  क्लब अफ चेन्नई मेराकीबीच भागिनी क्लब सम्झौता भएको छ । 

रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजको चार्टड डेको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुुई क्लबहरुबीच एक आपसमा सहयोग तथा सहकार्य गर्ने बिषयमा सम्झौता भएको हो ।

रोटरी क्लब डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन, फस्र्ट लेडी सरोजिनी शेरचन, निवर्तमान गभर्नर राजेन्द्र ध्वजुु, पूर्वगभर्नर जया राज्यलक्ष्मी शाह, गभर्नर ईलेक्ट बिष्णुबहादुर कार्की लगायत अन्य विभिन्न डिष्ट्रिकका लिडरहरुको उपस्तिथि रहेको कार्यक्रममा रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभानासेल्भी, कार र्याली कोर्डिनेटर कोथाङगी सुचित्रा र कार र्याली चेयरम्यान शिवाबाला राजेन्द्रन तथा  बिभिन्न क्लबका अध्यक्षहरुको उपस्थितिका बिच रोटरी क्लब अफ काठमाण्डौ हेरिटेजका अध्यक्ष हेमा कुुमारी अधिकारी र रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभानासेल्भीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजका प्रेसिडेन्ट ईलेक्ट कृष्णप्रसाद शर्माले संयोजन गर्नुभएको कार्यक्रम क्लबका सचिव डा. बुद्धि मल्लले सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न लेख रचनाहरु तथा क्लबको गतिविधिहरु समावेश गरिएको रोटरी क्लब अफ काठमाण्डौ हेरिटेजको स्मारिका बिमोचन गरिएको थियो । चार्टर डेको औपचारिक कार्यक्रम सम्पन्न भएपछि प्लान्टेशन ड्राईभ भन्ने नाराका बबरमहलबाट गोकार्णेश्वरसम्म कार र्याली गरिएको थियो र त्यसपछि रोटरी क्लब अफ गोकर्णेश्वरको समेत सहभागितामा राष्ट्रिय सहिद तथा शान्ति पार्क गोकर्णेश्वरमा बृक्षारोपन गरिएको । 

रोटरी क्लब अफ चेन्नई मेराकीका ३ जना सदस्यहरु १४ फेब्रुुअरीमा भारतको चेन्नईदेखि बातावरण सम्बन्धि जनचेतना जगाउने उदेश्यका साथ प्लान्टेशन ड्राईभको नारा लिएर नेपाल भ्रमणमा आउने क्रममा रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजले पनि वातावरण संरक्षणलाई प्राथमिकतामा राखेकोले दुई क्लबहरुबीच भागिनी क्लब सम्झौता सम्पन्न भएको हो । उनीहरु २ मार्चमा चेन्नाई पुग्नेछन् । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update