Odapalika - The Fourth Estate - चौथो अंग
अमेरिकाले डिपोर्ट गरेका अवैध आप्रवासीलाई यसरी व्यवस्थापन गर्दैछन् मेक्सिकोका स्थानीय सरकार 

काठमाडौँ । अमेरिकाकाबाट फिर्ता पठाइएका अबैध आप्रवासीलाई मेक्सिकोका स्थानीय सरकारहरुले खाने, बस्ने देखि लिएर सुरक्षा दिनेसम्मका कार्य गर्दै आएको बताएका छन् । 

२० जनवरी २०२५ मा डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाका राष्ट्रपति पदमा पदस्थापन भएलगत्तै उनले अबैध आप्रबासीहरुलाइृ धमाधम देश निकाला गरिरहेका छन् । यसरी निकालामा पर्नेमा सबैभन्दा बढी मेक्सिकोका नागरिकहरु भएको बताइएको छ । 

मेक्सिकोका तामाउलिपास, चिहुआहुआ, नुएभो लियोन र बाजा क्यालिफोर्नियाका नगरपालिकाहरूले अमेरिकी निर्वासनबाट प्रभावित आप्रवासीहरूलाई अस्थायी आश्रय दिइरहेको त्यहाँका संचारमध्यमहरुलेब ताएका छन् । 

संयुक्त राज्य अमेरिकाको सीमामा पर्ने टिजुआना नगरपालिकाले ‘पूर्वसावधानी आपतकाल’ घोषणा गरेको र टिजुआनाका मेयर इस्माएल बर्गुएनिओले तयारी अवस्था बसेको विषयमा ओमेन्समेयर डटकम नामक अनलाइन पोर्टलले समाचार सामग्री नै तयार पारेको छ । 

आहुमाडा, चिहुआहुआका मेयर इभान रोडेलो एस्पेजोले संघीय सरकारसँग समन्वय गरिरहेको बताउँदै आफ्नो नगरपालिकामा  ३०० जनासम्म अट्ने आश्रय गृह बनाइएको बताएका छन् । 

माडेरा, चिहुआहुआका मेयर अर्नोल्डो जाक्वेज पेरेजले भने ६०० जनासम्मलाई आश्रय दिन सक्ने संरचना निर्माण भएको बताएका छन् । 

सो संचारमाध्यमका अनुसार माटामोरोस, तामाउलिपासका मेयर जोसे अल्बर्टो ग्रानाडोसको भनाइ उदृत गर्दै मेक्सिकन नागरिकहरू नगरपालिकाको आश्रयमा र अन्य विदेशी आप्रवासीहरूलाई मेक्सिको सिटी पठाइने बताएको उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update